
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘टेबलटप अभ्यास’ धनगढीमा सम्पन्न भएको छ । विपद् तयारी र प्रतिकार्य प्रणालीलाई चुस्त एवं सुदृढ बनाउन सुदूरपश्चिम प्रदेशमा चयन गरिएका ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सो अभ्यासमा सहभागिता रहेको थियो ।
मन्त्रालयले सेती प्रादेशिक अस्पताल धनगढीलाई ‘हब’ अस्पताल चयन गरेको छ । अभ्यासमा भूकम्पका कारण उत्पन्न भएको सामूहिक घाइतेको अवस्थाको प्रतिरूपण गरी अस्पतालको ठूला आपत्कालीन घटना व्यवस्थापन गर्न तयारी अवस्थाको मूल्यांकन गरिएको मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
विपद् व्यवस्थापन गर्न चयन गरिएका ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालका मुख्य गतिविधि, निर्वाह गर्नुपर्ने भूमिका, सक्रियता, ‘ट्रायज’, बिरामी व्यवस्थापन, स्रोत साधनको वितरण, ‘हब’ र ‘स्याटेलाइट’ अस्पताल ‘नेटवर्क’ तथा आपत्कालीन सञ्चालन केन्द्रबीचको समन्वयसम्बन्धी छलफल समेत सो अभ्यासमा समावेश गरिएको थियो ।
प्रवक्ता डा बुढाथोकीले टेबलटप अभ्यासको उद्देश्य विद्यमान योजनाका कमजोरी पहिचान गर्नु, सञ्चार र समन्वय सुधार गर्नु, तथा अस्पतालको विपद् तयारी र प्रतिकार्य प्रणाली सुदृढ गर्न उपयोगी सुझावहरू प्रदान गरे । ‘यस्ता अभ्यासले ठूलोस्तरका स्वास्थ्य आपत्कालीन परिस्थितिको व्यवस्थापन, ‘फिल्ड’ अस्पतालको एकीकरण र रोग प्रकोपको दौरानमा निरन्तर उपचार सुनिश्चित गर्ने विषयमा सुधार गर्नुपर्ने महत्वपूर्ण पक्षहरू उजागर ग¥यो,’ उनले भने । यसैबीच प्रवक्ता डा बुढाथोकीसहित नेपालस्थित युरोपियन युनियनका राजदूत भेरोनिक लोरेँजो, विश्वस्वास्थ्य सङ्गठनका डा एलिसन गोकोटोनो प्रतिनिधिको टोलीले सुदूरपश्चिम प्रदेश, धनगढीस्थित प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुगमन तथा गतिविधिका बारेमा जानकारी लिएको छ ।
सो अवसरमा युरोपियन युनियन र विश्व स्वास्थ्य सङ्गठनलाई सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा प्रवाहको गुणस्तर वृद्धि गर्न उल्लेखनीय योगदान र सहयोग पु¥याएबापत सम्मान समेत गरिएको थियो ।












समाचार
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट
प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
व्यावसायिक कफी खेतीमा रमाउँदै ‘देवीराम’
साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा