
झापा । बिर्तामोडको कृषि थोक बजारमा बेच्न ल्याएको दुई क्विन्टल काउली र ब्रोकाउलीमा विषादीको अवशेष उच्च मात्रा फेला परेपछि नष्ट गरिएको छ । बिर्तामोड–९ मा जग्गा ठेक्कामा लिएर तरकारी खेती गर्दै आएका भारतीय नागरिक पङ्कजकुमार रायले उत्पादन गरेर बजारमा पुर्याएको ती तरकारीमा कार्वानेट र अर्गानोफस्फेट विषादीको अवशेष अत्यधिक पाइएको विर्तामोड नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए। उनका अनुसार काउलीमा ९६.५२ र ब्रोकाउलीमा ९५.१४ प्रतिशत विषादी अवेशष पाइएको थियो । कृषि थोक बजारमा बिक्रीका लागि ल्याइने हरेक तरकारीको विषादी परीक्षणबाट खान योग्य सावित भएपछि मात्र उपभोक्तालाई बिक्री गर्न दिइने प्रचलन रहेको छ ।
तरकारीको विषादी जाँच्नका लागि नेपाल सरकारको कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण इकाइ विर्तामोड मै सञ्चालनमा रहेको छ । ‘कृषि बजारमा पङ्कजकुमार रायले ल्याएको काउली र ब्रोकाउलीको परीक्षण गर्दा खान अयोग्य पुष्टि भयो,’ कृषि शाखाका प्रमुख कडरियाले भने, ‘त्यसपछि हामीले उनले ल्याएको दुई सय केजी तरकारी नष्ट गर्यौँ ।’
नगरपालिकाको कृषि शाखाले आजै प्राविधिक टोली खटाएर विषादीको अवेशष अत्यधिक भेटाइएको भारतीय नागरिक रायको कृषि फार्ममा अनुमगन गरेको छ । अनुगमन टोलीले उनको फार्मका काउली र ब्रोकाउली तत्काल बेच्न रोक लगाएको छ । अर्कोपटक विषादी अवशेषको चेकजाँच गर्दा खान योग्य सावित नभएसम्म फार्मका कुनै पनि तरकारी बोटबाट नटिप्न र बजारमा नलैजान निर्देशन दिइएको कडरियाले बताए।अनुगमन टोलीमा जनप्रतिनिधि, कृषि प्राविधिक र नगर प्रहरी रहेको थियो । नगरपालिकाले रायको फार्ममा अर्कोपटक चेकजाँच गर्दा विषादीको मात्रा फेरि अत्याधिक देखिए त्यहाँ फलेका तरकारी बारीमै नष्ट गरिने जानकारी दिएका छन् ।
कुनै पनि तरकारीमा ३५ प्रतिशतभन्दा बढी बिषादीको अवशेष भेटिए खान अयोग्य मानिन्छ । कृषि शाखाका प्रमुख कडरियाका अनुसार विषादीको अवशेष ४५ प्रतिशतभन्दा माथि देखिए त्यस्तो तरकारीलाई तत्कालै नष्ट गरिने र ३५ देखि ४५ प्रतिशतसम्म अवशेष भेटिए केही दिन क्वारेन्टाइनमा राखेर पुनःजाँच गर्दा खान योग्य सावित भएपछि मात्र बिक्री गर्न दिइने बताए।












समाचार
राष्ट्रियसभाको बैठक बस्दै
धितोपत्र बोर्डद्वारा मार्जिन लेण्डिङ र सर्ट सेलिङसम्बन्धी अवधारणापत्र सार्वजनिक, सरोकारवालासँग सुझाव माग
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल