
काठमाडौं । नेपालमा सिम कार्डको आयात बढ्दो क्रममा रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को ७ महिनासम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार नेपालमा ४ करोड ७९ लाख ३२ हजार रुपैयाँ बराबरको सिम कार्ड आयात भएको छ।
सो अवधिसम्म माथि उल्लिखित रकम बराबरको १० लाख ७१ हजार ४८१ थान सिम कार्ड आयात भएको विवरणमा उल्लेख छ। सरकारले सो परिमाणको सिम कार्ड आयातबाट यो अवधिमा १ करोड १६ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १२ मुलुकबाट सिम कार्ड आयात भएको छ।
७ मिहनाकाे सबैभन्दा बढी चीनबाट ४ करोड ७० लाख ४८ हजार रुपैयाँ बराबरको १० लाख १ हजार ५ सय ५ थान सिम कार्ड आयात भएको छ। यसैगरी मेक्सिकोबाट ३ लाख २३ हजार बराबरको ४५ हजार थान, बेलायतबाट ३ लाख ३ हजार बराबरको १५ हजार ६ सय थान, अस्ट्रेलियाबाट १ लाख २५ हजार बराबरको ६ हजार ५ सय थान सिम कार्ड आयात भएको छ।
यसैगरी दक्षिण कोरियाबाट १७ हजार बराबरको ११०० थान, अमेरिकाबाट ३३ हजार बराबरको ६१४ थान, जापानबाट ६९ हजार बराबरको ५०० थान, क्यानडाबाट ३ हजार बराबर ५०० थान, भारतबाट १० हजार बराबरको १५१ थान सिम कार्ड भित्रिएको छ।
यस्तै बेल्जियमबाट ६ थान सिम कार्ड आएको छ जसको कुनै मूल्य उल्लेख छैन भने, सर्बियाबाट १ हजार बराबरको ४ थान र डेनमार्कबाट मूल्य उल्लेख नगरिएको १ थान सिम कार्ड आयात भएको प्रतिवेदमा उल्लेख छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम