
धादिङ । एकै आकार प्रकारका चिटिक्क परेका घर । बाटोमा विभिन्न प्रकारका रङ्गीन फूल, पाहुनालाई न्यानो स्वागत गर्ने चैलिङवासी । अर्गानिक होमस्टेका रूपमा चिनिन थालेको छ– चैलिङ गाउँ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ मा रहेको चैलिङ गाउँ पृथ्वी राजमार्गदेखि दक्षिणतर्फ आठ किलोमिटर दुरीको डाँडामा रहेको छ । नेवार समुदायको मात्रै बस्ती रहेको गाउँमा कला, संस्कृतिको आनन्दसँगै प्राकृतिक खानाको स्वाद लिन पाइन्छ ।
चैलिङवासीले आफ्नो गाउँमा आउनेलाई स्थानीय परिकारसँगै सांस्कृतिक कार्यक्रमबाट समेत भरपूर मनोरञ्जन दिने गरको घरवास सञ्चालक कृष्ण श्रेष्ठले बताए । विभिन्न जातजातिका कला, संस्कृति, वेशभूषा, परम्परा, रीतिरिवाजले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । गाउँमा रहेका ३२ घरमध्ये १० घरलाई चैलिङ सामुदायिक घरवास, पाहुना राख्ने घरका रूपमा तोकिएको छ । घरवासलाई व्यवस्थित गर्न स्थानीय युवा व्यवसायी तथा सामाजिक अगुवा कृष्ण श्रेष्ठको नेतृत्वमा चैलिङ सामुदायिक घरवास व्यवस्थापन समिति गठन गरिएको छ । समितिले पाहुनाको सङ्ख्या व्यवस्थापन, खानाको गुणस्तर र सेवासुविधासम्बन्धी नीति बनाउँदै आएको छ । आगामी दिनमा घरवासको सङ्ख्या थप्ने योजनामा रहेको श्रेष्ठले बताए ।
गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर (विवेक) थपलियाले चैलिङलाई स्थानीय उत्पादनको प्रवर्धन गर्ने र विषादीमुक्त खाद्य पदार्थको विशेष केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँमा पर्यटकलाई थप व्यवस्थित बनाउन दुईतले सामुदायिक भवन निर्माण गरिएको छ । करिब ३३ लाख रुपैयाँ लागतमा बनेको भवनमा एक्सन नेपाल र डिसिएले २३ लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै प्रदेश सरकारले १० लाख रुपियाँ अनुदान दिएको छ । स्थानीयले १५ प्रतिशत श्रमदान गरेर भवन निर्माणमा योगदान दिएका छन् ।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात