
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा ‘चुमनुब्री बृहत् योजना’ अन्तर्गत सात सय धारा जडान भएका छन् । गण्डकी प्रदेशको ‘एक घर एक धारा’ अभियानअन्तर्गत चुमनुब्रीमा उक्त योजना लागू भई खानेपानीको धारा जडान भएका हुन् ।
आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भएको चुमनुब्री बृहत् योजनाको हालसम्मको भौतिक प्रगति ८५ प्रतिशत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले जनाएको छ । सो पालिकाको वडा नं २, ३, ४, ५ र ६ मा योजना लागू भएको कार्यालयका सव–इञ्जिनियर दीपक खनालले बताए । उनका अनुसार कार्यालयले योजनाको जिम्मा पराजुली होम निर्माण सेवा कम्पनीलाई दिएको थियो । जसअन्तर्गत हालसम्म सात सय घरधुरीमा खानेपानीका धारा जडान भइसकेका छन् ।
योजना सम्पन्न गर्ने म्याद २०८३ असार मसान्तसम्म छ । गाउँपालिकाभर सात सय घरधुरीमा धारा निर्माणका लागि कम्पनीसँग रु छ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो । ‘पालिकाको पाँच वडाहरुमा गरेर जम्मा सात सय वटा धारा जडान गर्न सम्झौता भएको थियो’, उनले भने, ‘जसअन्तर्गत लगभग सबै धारा जडान भइसकेका छन् । छिटोभन्दा छिटो योजना सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।’
योजना अन्तर्गत केवल क्रसिङ र केही ठाउँमा पाइपलाइन वितरण बाँकी रहेको उनले बताए । कार्यालयले पूर्वाधार निर्माणको जिम्मा लिए पनि खानेपानीको मुहान सुनिश्चितताको काम स्थानीय सरकारको रहेको उनको भनाइ छ । उनले भने, ‘खानेपानी मुहान दर्ताको काम उहाँहरुले नै हेर्नुहुन्छ । हामीले आवश्यक समन्वय गर्छौँ ।’ भौगोलिक विकटताका कारण चुमनुब्रीमा योजना सञ्चालन गर्न असहज भए पनि काम अन्तिम चरणमा पुगेको सव–इञ्जिनियर खनालको भनाइ छ । जिल्लामा ‘एक घर एक धारा’ कार्यक्रम लागू भएको छ वर्ष बितिसक्दा हिमाल पारीको चुमनुब्री गाउँपालिकामा हालसम्म खानेपानीको अभाव छ । बृहत् खानेपानी योजना सम्पन्न भएसँगै खानेपानीको समस्या समाधान हुने अपेक्षा चुमनुब्री बासीको छ ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना