मतको प्रतिनिधि भइन, मनको प्रतिनिधि भएको छु : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिट ब्युरो सदस्य महेश बस्नेतले आफु मतको प्रतिनिधि नभइ मनको प्रतिनिधि भएको बताएका छन् । आज भक्तपुरको पाइलटबाबामा स्वनिगः रिसोर्टको शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

निर्वाचनमा आफू थोरै मतले मतको प्रतिनिधि बन्न नसके पनि मनको भनै सधै प्रतिनिधि रहेको उनको भनाइ थियो । अघिल्लो पटकको निर्वाचनमा बस्नेत भक्तपुरमा पराजित भएका थिए । ‘म निर्वाचित नभए पनि यहाँका समस्या समाधानका लागि सधै तयार रहेको छु । सबैले यहाँका प्रतिनिधि भन्दा पनि मलाइ नै खोज्नु हुन्छ,’ उनले भने ।

पूर्व मन्त्री समेत रहेका बस्नेतले उक्त असबरमा उनले आफू भक्तपुरको विकासका लागि सधै तयार रहको पनि बताए । उनले अहिलेको सरकारले अर्थतन्त्रका १८ सूचक सुधार गरेको भन्दै १९ औँ सूचक पनि सुधार गर्नु पर्ने बताए । ‘अहिले अर्थतन्त्रका १८ वटा सूचकमा सुधार आएको छ । अहिले १९ औँ सूचकका रुपमा रहेको सामाजिक सञ्जालमा सुधारको आवश्यकता छ,’ उनले भने । सोसल मिडियालाई छाडा छोड्न नहुने भन्दै उनले यस्तो छाडा सामाजिक सञ्जाल विश्वका अन्य देशमा कतै पनि नभएको बताएका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार