
काठमाडौं । हिमालय एयरलाइन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘स्टेप टुवर्डस् एजुकेसन’लाई निरन्तरता दिएको छ । जसअन्तर्गत एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई आगामी शैक्षिक सत्रका निम्ति आवश्यक शैक्षिक सामग्री प्रदान गरेको हो ।
बिहीबार एयरलाइन्सले विभिन्न कक्षाका पाठ्यपुस्तकहरू, नोटबुक, रजिस्टर, जुत्ता तथा अन्य आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
बालबालिकाको समग्र स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै यस वर्ष हिमालयले उनीहरूका निम्ति तन्नाहरू र तौलियाहरूसमेत प्रदान गरेको जनाएको छ ।
एयरलाइन्सकी ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन्, ‘विगत आठ वर्षदेखि ‘स्टेप टुअर्डस् एजुकेसन’ पहलमार्फत प्रयास नेपालसँग संलग्न हुने अवसर पाउँदै आएकी छु । हरेक वर्ष बालबालिकालाई आत्मविश्वासी, सक्षम र उज्ज्वल भविष्य बोकेका व्यक्तित्वमा रूपान्तरण हुँदै गरेको हेर्न पाउँदा अत्यन्त खुसी लागेको छ ।’
प्रयास नेपालकी अध्यक्ष श्रीमती मणि जोशीले निरन्तर सहयोगका निम्ति हार्दिक आभार व्यक्त गर्दै भनिन्, ‘प्रयास नेपालका लागि निरन्तर शक्तिको स्तम्भ भएकोमा हामी हिमालय एयरलाइन्सप्रति हार्दिक आभारी छौँ । उहाँहरूको योगदान भौतिक सहयोगभन्दा धेरै माथि छ, यसले बालबालिकाको जीवनमा प्रोत्साहन र आशामा निरन्तरता ल्याउँछ ।’













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम