
काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफल सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि नीतिगत, कानुनी तथा संरचनागत सुधारहरु भइरहेको र त्यसको परिणामस्वरुप पछिल्लो दिनमा अर्थतन्त्रका समस्त सूचकहरु सकारात्मक भएको बताए । उनले अर्थतन्त्रमा सुधार आइरहेको र आगामी आर्थिक वर्षको बजेट पनि सबल अर्थतन्त्र निर्माणमा केन्द्रित हुने जानकारी दिए । अर्थमन्त्री पौडेलले अर्थ कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार नीति तथा कार्यक्रमका विषयमा योजना आयोगबाट प्राप्त प्रतिवेदन स्वागत गर्दै यसले बजेट निर्माणलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले मुलुक अहिले राजनीतिक स्थायित्वतर्फ अग्रसर भइसकेको छ र अस्थिरता सिर्जना गर्ने प्रयासहरू असफल हुने दाबी गरे । ‘हामी सरकार टिकाउनकै लागि मात्र स्थायित्व खोजिरहेका छैनौं, यस स्थायित्वको उद्देश्य संविधानको प्रभावकारी कार्यान्वयन, आर्थिक र सामाजिक क्षेत्रमा सुधार र परिवर्तन ल्याउनु हो,’ पौडेलले भने ।
योजना आयोगका उपाध्यक्ष अधिकारीले मन्त्रालयहरुबीचको समन्वय र आगामी आर्थिक वर्षको बजेट बनाउन सहज होस् भन्ने उद्धेश्यले मन्त्रालय, निकाय र आयोगसँग व्यापक परामर्श र छलफल गरी प्रतिवेदन तयार पारेको बताए । ‘राजस्वमा उल्लेखनीय वृद्धि हुन नसकेको वर्तमान अवस्थामा खर्च व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रतिवेदन तयार गरिएको हो । विगतका भुक्तानीलाई प्राथमिकता दिने, अपुरा तथा अधुरा आयोजनामा जोड दिने र राजस्वको अन्य सम्भावनाहरु खोज्ने कुरा समेटिएको छ,’ उनले भने ।
उनका अनुसार प्रतिवेदन तयार गर्दा ‘फिस्कल स्पेस’ (राजस्व–व्ययको सम्भावित अन्तर) अत्यन्तै सीमित देखिएको छ । ‘फिस्कल स्पेस नीतिबाट विस्तार वा संकुचन हुने कुरा हो, हामीले विस्तार गर्ने नीतिहरूमा छलफल गरेका छौं। प्राथमिकता निर्धारण र मन्त्रालयहरूबीच समन्वय बढाउन सकेमा पनि फिस्कल स्पेसमा सुधार आउन सक्छ,’ अधिकारीले भने ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित