
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा ७.७५ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६९८ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२ ः २४ बजे नेप्से २७१६ अंकसम्म पुगे पनि माथि टिक्न सकेन ।
बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७७ करोडको भयो । ११२ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने एउटाको स्थिर रह्यो । व्यापार सेक्टर सबैभन्दा धेरै घट्यो । बैंकिङ ०.८५, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.१५, व्यापार १.५२ र अन्य समूह १ प्रतिशत घटे ।
विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.०६, हाइड्रोपावर ०.७७, लगानी ०.१७, उत्पादन ०.०३ प्रतिशत बढे । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य केही दिनदेखि १० प्रतिशत बढिरहेको छ । आज पनि त्यो क्रम जारी रह्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, युनिभर्सल पावरको ९.८०, नेपाल हाइड्रो डेभलपर्सको ९.०७ प्रतिशत बढ्यो । एसबीआई बैंकको मूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ४.०२ तथा ग्रिन डेभलपमेन्ट बैंकको ३.९६ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप पावर, युनिभर्सल पावर, एचआईडीसीएल, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल