
पर्सा । बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाँले चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा रु. सात करोड ३६ लाखभन्दा बढी राजस्व संकलन भएको छ । कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले संकलन गर्ने राजस्व पछिल्लो समय उत्साहजनक ढंगले वृद्धि भइरहेको र यस अवधिसम्म रु. सात करोड ३६ लाख ५७ हजार ६७५ राजस्व संकलन भएको जानकारी दिए । ‘कार्यालयले साउनदेखि माघको पहिलो सातासम्म रु. चार करोड ३० लाख राजस्व संकलन गरेको थियो । त्यसयता वैशाखको पहिलो सातासम्म रु. तीन करोड छ लाख ५५ हजार राजस्व संकलन भएको छ । पछिल्ला महिनामा राजस्व संकलनको दर क्रमशः वृद्धि हुँदै गइरहेको छ’, उनले भने ।
कार्यालयका अनुसार तीन महिनायता प्रतिमहिना औसतमा रु. एक करोड दुई लाख रकम राजस्व संकलन हुँदै आएको छ । कार्यालयले आन्तरिक सुशासन र सेवा प्रवाहलाई चुस्त बनाएसँगै राजस्व संकलन बढेको जनाएको छ । यस रकममध्ये सबैभन्दा धेरै राजस्व चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु. तीन करोड ५४ लाख ४० हजार ५६ र सवारीसाधन करबाट रु. तीन करोड ४० लाख ३९ हजार ९४३ रकम राजस्व संकलन भएको छ ।
यातायात क्षेत्रको आम्दानीबापत रु. ४० लाख ८४ हजार ५४० राजस्व संकलन भएको कार्यालयले जनाएको छ । अन्य प्रशासनिक सेवा शुल्कबापत रु. २५ हजार ५०० र बेरुजुबापत रु. ६७ हजार ३३६ रकम संकलन भएको छ । कार्यालयले चालु आवमा करिब रु. १० करोड राजस्व संकलन हुने अनुमान गरेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू