
काठमाडौं । परराष्ट्रमन्त्री डां आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छिन् ।
भारत, काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज यहाँ आयोजित सभामा उनले नेपाल सधैं आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट पारेकी हुन् । ‘नेपालले आतंकवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ,’ उनले भनिन् ।
आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै उनले नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताविरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट गरिन् । यसैले काश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भत्र्सना गरेको मन्त्री डा राणाले बताइन् ।
उनले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको र आतंकवादविरुद्धको लडाईंमा भारतसँग काँधमा काँध मिलाएको बताइन् ।
नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै मन्त्री डा राणाले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि रहेको उल्लेख गरिन् । मन्त्री डा रााणाले पहलगाम त्रासदीको सिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद पनि दिइन् ।
त्यस अवसरमा उनले उक्त आतंवादी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरेकी थिइन् ।













समाचार
क्रेस्ट माइक्रो लाइफको व्यवसाय सुधार, नाफामा भने ९० प्रतिशतको गिरावट
शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै होटल पार्क ल्यान्ड, भदौ १५ बाट आवेदन दिन सकिने
बडीमालिका पूजा आजदेखि सुरु
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा
लेन्सलाई सुपर कप, पिएसजी पराजित
माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त
असलि इन्भेष्टमेण्टको १८ औँ साधारणसभा आह्वान
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा
५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती