
सर्लाही । प्रहरीले सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको रु ३२ लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सदरमुकाम मलङ्गवा नगरपालिका–६, खुटौनाबाट उक्त रकमसहित आज भारतको सीतामढी जिल्ला कुनौलीका ४० वर्षीय शम्भुकुमार साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
बिआर ०६ सिटी २४२२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आँउदै गर्दा उनी पक्राउ परेका हुन् । मोटरसाइकल जाँच गर्ने क्रममा साहको साथबाट ठूलो परिमाणमा रकम बरामद भएको हो । बरामद रकम र मोटरसाइकलसहित उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि