
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ परीक्षा) आज आइतबारबाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकिएको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित र आंशिक परीक्षार्थीको वार्षिक परीक्षा आइतबार सुरु भएर आगामी जेठ २ गतेसम्म चल्नेछ ।
उक्त परीक्षामा देशभरका पाँच हजार २०२ विद्यालयका पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै छन् । जसमध्ये नियमिततर्फ तीन लाख ९५ हजार ९०८ छन् । नियमितमध्ये पनि छात्रको संख्या एक लाख ९८ हजार ८७५ छ भने छात्राको संख्या एक लाख ९७ हजार १३ जना छ । त्यस्तै, आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षार्थी संख्या सबैभन्दा कम मनाङमा छन् । जहाँबाट जम्मा ४५ जनाले परीक्षा दिँदै छन् । सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६८ हजार १३३ जना परीक्षामा सहभागी हुँदै छन् ।
परीक्षा नियन्त्रण कार्यालयले नेपालभर जम्मा एक हजार ५९० केन्द्र निर्धारण गरेको छ । त्यस्तै, जापानमा एक केन्द्र गरी कुल एक हजार ५९१ परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौंमा १६२ र सबैभन्दा कम मनाङ, मुस्ताङ र जापानमा छन् । मनाङ, मुस्ताङ र जापानमा १÷१ वटा केन्द्र निर्धारण गरिएको हो ।
परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुनेछ । परीक्षाका निम्ति केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, केन्द्रमा खटिने कर्मचारी, कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी ४८ हजार २०९ जनशक्ति खटिनेछन् । यसअघि वैशाख ११ गतेदेखिका लागि तय भएको परीक्षा शिक्षक महासंघको आन्दोलनका कारण रोकिएको थियो । महासंघ र सरकारबीच सहमति भइसकेको छ ।













समाचार
आधा घण्टामा ३ मिटर बढ्यो त्रिशूलीको जलसतह
बाढी प्रभावित क्षेत्रमा बैंकिङ शाखा स्थानान्तरणका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउ खेती
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण, ३७ जनाको मृत्यु
दरमखोला हाइड्रो इनर्जीको साधारणसभा स्थगित
कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा