
म्याग्दी । मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय दुई सय १० जना लाभान्वित भएका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट प्राप्त ५३ लाख ७४ हजार बजेटबाट पालिकाका सातवटै वडामा सञ्चालित १४ वटा योजनामा उनीहरूले रोजगारी पाए ।
सो गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार रोजगार उपभोक्ता समिति गठन गरी सञ्चालित योजना तथा कार्यक्रममा स्थानीयलाई रोजगारी दिइएको हो । रोजगार कार्यक्रमअन्तरगत पदमार्ग निर्माण तथा मर्मत–सम्भार, गोरेटो बाटो तथा सार्वजनिक शौचालय निर्माणलगायतका योजनाहरू रहेका र तीनमा न्यूनतम एकसय दिन रोजगारीको व्यवस्था गरिएको अध्यक्ष गर्बुजाले जानकारी दिए ।
रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई तालिम र सुरक्षा सामग्रीसमेत प्रदान गरिएको छ । सो कार्यक्रमअन्तरगत पालिकाको वडा नम्बर– ७ बिममा नरालेदेखि बिम्बाङसम्म र वडा नम्बर– ३ सिउदीभिर–औल पदमार्ग निर्माण पूरा भएको पालिकाका रोजगार सहायक मिलन सुवेदीले जानकारी दिए ।
यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा प्राप्त बजेटमध्ये रु पाँच लाख ६७ हजारको लागतमा डाडाँगाउँको सिउदीभीरदेखि औँलसम्म तीन सय मिटर पदमार्ग निर्माण गरिएको छ । भीर काट्ने, पर्खाल लगाउने, सोलिङ र ढुङ्गाको सिँढी लगाएर पदमार्ग निर्माण गरिएको उनले बताए ।
यसैगरी, चार लाख १४ हजारको लागतमा बिम नरालेदेखि बिम्बाङसम्म एक सय ४२ मिटर नयाँ पदमार्ग र तीन सय ५० मिटर पदमार्ग मर्मतसम्भार गरिएको पालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा विनियोजत विभिन्न १४ योजनामध्ये तीन योजना सम्पन्न भएको र अन्य योजनाहरू निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिए ।













समाचार
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट
प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
व्यावसायिक कफी खेतीमा रमाउँदै ‘देवीराम’
साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै