
तनहुँ । सीपयुक्त बनाउँदै संस्कृति संरक्षण, प्रवद्र्धनसहित स्वरोजगार बनाउने उद्देश्यले जिल्लाको म्याग्दे गाउँपालिकाले पञ्जेबाजा तालिम सञ्चालन गरेको छ। कला, संस्कृतिको संरक्षणसँगै सीपयुक्त बनाउन पञ्चेबाजा तालिम दिइएको हो।
सीपको अभावमा बेरोजगार रहेका महिला, पुरूषलाई सीपको विकास गरी आत्मनिर्भर बनाउन, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न सीपमूलक पञ्चेबाजा तालिम दिइएको पालिकाले जनाएको छ। सीपमार्फत पालिकावासीलाई आत्मनिर्भर बनाउन सहयोग पु¥याउने लक्ष्यसहित म्याग्दे–६ का १९ महिला तथा पुरूषलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको पालिकाको आर्थिक विकास शाखाका प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए। उनले यहाँका युवा युवतीलाई सीप सिकेर आत्मनिर्भर र स्वावलम्बी बनाउने प्रयास थालिएको भन्दै यसले संस्कृति संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण हुने विश्वास व्यक्त गरे ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत सीप सिकाएपश्चात् उद्यमी बन्नेक्रम बढेको गाउँपालिकाले जनाएको छ । सीप नभएका व्यक्तिलाई सहभागी गराएर सीप सिकाउन पालिका लागिरहेको न्यौपानेले बताए। सीप सिक्न र उद्यमी बन्न चाहनेका लागि घरधुरी सर्वेक्षण, अभिमुखीकरण र उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको बताउँदै उनले आर्थिक वर्ष २०८१/८२ मा ६८ जनालाई तालिम प्रदान गरिएको जनाए । उनका अनुसार गरिबी निवारणका लागि तालिम सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि पञ्चेबाजा तालिम प्रभावकारी हुने विश्वास लिए। तालिमपश्चात् स्थायीय स्वारोजगार बन्नुका साथै आयआर्जनका स्रोत विस्तार हुँदै जाने उनले बताए । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सिकेको सीपलाई प्रयोगमा ल्याएर कला, संस्कृतिको जगेर्ना गर्दै आयसँग जोडेर आत्मनिर्भर र स्वावलम्बी बन्नेतर्फ योजना बनाउन तालिममा सहभागीलाई आग्रह गरे।
सिकेको सीपलाई व्यवसायमा परिणत गरी आत्मनिर्भरताका साथ अगाडि बढ्नसके आम्दानीको स्रोत बनाउन सकिने म्याग्दे–६ का वडाध्यक्ष हिरालाल गुरुङले बताए। उनले वडाले कला, संस्कृतिको संरक्षण र संवद्र्धनका लागि लक्षित समुदायलाई आवश्यक सीप सिकाउने कार्य गरिरहेको दाबी गरे। गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम प्रदान गरिएको बताए । रोजगारी नपाई बसेका स्थानीय युवाबाट माग भएबमोजिमका तालिम सञ्चालन गरिएको भन्दै सीप सिकेपछि स्वरोजगारका अवसर वृद्धि हुने विश्वास व्यक्त गरे।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष डिपी अधिकारीले लोपोन्मुख संस्कृतिको जगेर्ना गर्न सञ्चालन गरिएको तालिमले सीपयुक्त भएर आत्मनिर्भरतातर्फ अगाडि बढ्न पैरित गर्ने बताए । उनले तालिममा सिकेका सीपको उपयोग गरी स्वरोजगार बन्न सुझाव दिए। उद्यमशीलता र सीपमूलक तालिमबाट स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु, स्थानीय तहमा आर्थिक समृद्धि हासिल गर्नु, स्थानीयस्तरमा उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, स्थानीय क्षेत्रमा उद्यमशीलता प्रवद्र्धन गरी रोजगारी र आय वृद्धि गर्नु, नवप्रवद्र्धनलाई अवलम्बन गरी समावेशी र दिगो आर्थिक विकास हासिल गर्नुलगायत लक्ष्य गाउँपालिकाको रहेको छ। पञ्चेबाजा तालिम म्याग्दे–६ मनपाङ र अकलामा सञ्चालन भइरहेको छ।













समाचार
भोटेकोशी बाढीपीडितका लागि ब्रिटिश गोर्खासम्बद्ध संस्थाद्वारा ६२ लाखभन्दा बढी सहयोग हस्तान्तरण
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव