
ओखलढुङ्गा । यहाँको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । पालिकास्तरीय सार्वजनिक सुनुवाइ र ज्येष्ठ नागरिक, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो । १० वटा वडा रहेको पालिकामा ८० वर्ष पुगेका ४८० ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट, इलेक्ट्रिक जग र थर्मस प्रदान गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए ।
त्यसैगरी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक विजेतालाई नगदसहित कद पत्रले सम्मान गरिएको छ । स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः नगद रु दुई हजार, एक हजार पाँच सय र एक हजार सहित सम्मान गरिएको हो । पालिकाबाट प्रतियोगितामा भाग लिई ३१ जनाले स्वर्ण, १२ जनाले रजत र तीन जनाले कांस्य पदक प्राप्त गरेका थिए ।
दुई आर्थिक वर्षको एसइई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने छात्रछात्रालाई नगदसहित कद पत्रले सम्मान गरिएको छ । आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट जिपिए ल्याउने पाँच छात्रछात्रालाई नगद रु पाँच हजारसहित कद पत्रले सम्मान गरिएको हो । एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालयलाई पनि सम्मान गरिएको छ ।
तीन वटा विद्यालयले आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका थिए । सुनकोशी माध्यमिक विद्यालय बलखु गौडा, आरुभञ्ज्याङ माध्यमिक विद्यालय बलखु र पञ्चकन्या माध्यमिक विद्यालय सिस्नेरीले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका थिए । ती विद्यालयलाई नगद रु २० हजारसहित कद पत्रले सम्मान गरिएको शिक्षा शाखा प्रमुख विवेक तामाङले जानकारी दिए । शिक्षामा उच्च शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यालय र विद्यार्थीहरूको मनोबल उच्च पार्दै हौसला प्रदान गर्न सम्मान गरिएको पालिका अध्यक्ष कमल तामाङले बताए।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात