
काठमाडौं । देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण बाढी र डुबानको जोखिम रहेको छ । पछिल्लो एक घण्टामा मकवानपुर जिल्लास्थित हेटौंडा, रजैया वर्षामापन केन्द्र र आसपास केन्द्रमा मध्यमदेखि भारी वर्षामापन भएको छ ।
धनुषा जिल्लास्थित चिसापानी बजार वर्षामापन केन्द्र र आसपास केन्द्रहरूमा मध्यमदेखि भारी वर्षामापन भएको छ । बारा र रौतहट जिल्ला स्थित रजुवा र चंद्रपुर वर्षामापन केन्द्र र आसपास केन्द्रमा पनि मध्यमदेखि भारी वर्षामापन भएको छ ।
म्याग्दी जिल्लाको दर्बांग वर्षामापन केन्द्र र आसपास मध्यमदेखि भारी वर्षामापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारी वर्षा भएका क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा आकस्मिक बाढी आउनसक्ने, होचा र डुबान भइरहने क्षेत्रका डुबान हुनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात