
काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ । ग्यास्ट्रोनोमी भन्नाले खाना पकाउने कला वा कुनै क्षेत्र विशेषको परिकार संस्कृतिलाई जनाउने भए पनि, दिगो ग्यास्ट्रोनोमी भनेको खाना तयार पार्दा प्रयोग हुने कच्चा पदार्थ कहाँबाट आएको हो, कसरी उत्पादन गरिएको हो, बजारसम्म कसरी आइपुग्छ भन्ने विषयलाई पनि ध्यानमा राख्ने प्रक्रिया हो ।
संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २०१६ मा जुन १८ लाई अनतर्राष्ट्रिय दिगो ग्यास्ट्रोनोमी दिवस घोषणा गरेको हो । यस दिवसको मुख्य उद्देश्य स्थानीय उत्पादन, मौसमी सामग्री र सांस्कृतिक खानपान परम्परालाई संरक्षण गर्नुका साथै वातावरणमैत्री र दीगो कृषि तथा खाद्य प्रणालीको प्रवद्र्धन गर्नु हो । संयुक्त राष्ट्रसङ्घका शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) र खाद्य तथा कृषि सङ्गठनले विश्वभर यो दिवसलाई मनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
युनेस्कोले ५६ वटा सहरलाई ‘क्रियटिभ सिटिज अफ ग्यास्ट्रोनोमी’ घोषणा गरिसकेको छ, जसले स्थानीय खाना संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्याइरहेका छन् । कोरोना महामारीपछि तथा हाल पृथ्वीले जलवायु सङ्कट, जैविक विविधता नाश र प्रदूषण जस्ता चुनौतीहरूको सामना गरिरहेको अवस्थामा, दिगो ग्यास्ट्रोनोमीको महत्व अझ गहिरो भएको छ ।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात