
काठमाडौैं । नेपालको पहिलो ‘फ्लाई ओभर’ को निर्माण सम्पन्न भएको छ । ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ‘फ्लाई ओभर’ निर्माण सम्पन्न भएसँगै आज उद्घाटन गरिने भएको हो ।
पटक पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन गर्दैछन् । ‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधारण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने विश्वास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।
केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुने गरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुने गरी फेरि दोस्रो पटक म्याद थप भएको थियो । तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्ने गरी म्याद थप भयो ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान