
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक तथा वित्तीय क्षेत्रको विकासमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रवार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुने । यस्तै, उनले सही सूचनाको आजको आवश्यकता भएको पनि बताए ।
आर्थिक तथा वित्तीय क्षेत्र संवेदनशील भएकाले सही सूचनाका आधारमा समाचार लेख्नुपर्ने पनि उनले बताए । ‘समाजमा गलत सूचना सम्प्रेषण नगरी सही सूचना सम्प्रेषण गर्नु पनि अहिलेको चुनौती हो,’ उनले भने । उनले सत्य तथ्य सूचनामा आधारित भएर समाचार लेख्नुपर्नेमा सुझाव दिए ।
उनले बैकिङ क्षेत्र संवेदशिल क्षेत्र भएकाले गलत सूचनाको असर छिटो देखिने भन्दै पत्रकारहरूलाई सही सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरे । अर्थतन्त्रमा वित्तीय क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको अवस्थामा यो क्षेत्रलाई असर पार्ने सूचनाले समग्र अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पार्ने बताए । अहिले आर्थिक पत्रकारितामा फरकपन देखिन थालेको उनले बताए ।
‘यस्ता तालिम कार्यक्रमले आर्थिक पत्रकारहरूको क्षमता बढाउने सहयोग पुगेको छ । त्यसले आर्थिक पत्रकारितामा फरकपन आउन थालेको छ,’ उनले भने, ‘यद्यपि, आर्थिक पत्रकारहरूलाई नियमित रूपमा क्षमता अभिवृद्धि गर्न आवश्यक छ । नयाँ नयाँ तथ्याङ्क आइरहेका हुन्छन् । प्रविधि पनि नयाँ नयाँ आइरहेका छन् । त्यसका लागि पत्रकारहरूको नियमित रूपमा क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।’
अझै पनि कतिपय विषयवस्तु समाचारमा नआउने गरेको उनले बताए । ‘राष्ट्र बैंकले ९० अर्ब रुपियाँ निक्षेप तान्ने भनेर समाचार लेखिन्छ । बिडका क्रममा राष्ट्र बैंकले ७० अर्ब रुपियाँ मात्रै निक्षेप तान्छ । तर, त्यसको अपडेट समाचार भने आउँदैनन्,’ उनले भने, ‘यो उदाहरण मात्रै हो । राष्ट्र बैंकले ल्याउने अन्य विषयका तथ्याङ्कहरूको पनि समाचार देखिन्न ।’ यस्ता किसिमका तालिम कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्नुपर्ने बताउँदै उनले यसमा राष्ट्र बैंक पनि सहकार्य गर्न तयार रहेको बताए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू