
म्याग्दी । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङधुरीमा जाने पर्यटकको सुविधाका लागि खानेपानीसहितको पूर्वाधार निर्माण गरिएको छ । धवलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङधुरीको भ्रमणमा जाने पर्यटकको सुविधाका लागि धुरी नजिकै क्याम्पिङ गरी बस्ने ठाउँमा शौचालय पनि बनाइएको हो ।
गाउँपालिकाबाट विनियोजन भएको ३ लाख र स्थानीयवासीको ३१ हजार ७०० रुपैयाँ बराबरको श्रमदाननमा शौचालय निर्माण गरिएको वडासचिव सुमन बुढाथोकीले जानकारी दिए । समुद्री सतहबाट ३ हजार ८४० मिटरको उचाइमा अवस्थित सोवाङधुरीमा ढुङ्गा नपाइने भएकाले शौचालयको सेफ्टीट्याङ्की बनाएर काठले बारिएको र टिनले छाइएको छ ।
त्यसैगरि शौचालय परिसरमा चारवटा पाँच सय लिटरको हिलट्याङ्क ड्रम राखेर धारासमेत जडान गरिएको वडासदस्य चेतन गर्बुजाले जानकारी दिनुभयो । उक्त ड्रममा धुरी नजिकै रहेको खानेपानीको मूलबाट पाइपमार्फत पानी ल्याएर जम्मा गर्ने व्यवस्था गरिएको छ । शौचालय बनाउन स्थानीयवासीसँगै वडा सदस्य प्रेमबहादुर पुन र चेतन गर्बुजाले निर्माणस्थलमा बसेर श्रमदान गरेका थिए ।
चिमखोलाबाट पात्लेखेत–सिजी–थामडाँडा हुँदै करिब सात घण्टाको पैदलयात्रामा सोवाङधुरी पुग्न सकिन्छ । धवलागिरि आइसफल पदमार्गअन्तर्गत सोवाङधुरी एकैठाउँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गतका दर्जनौँ हिमाललाई अवलोकन गर्न सकिने ठाउँका रूपमा परिचित छ । सोवाङधुरीबाट मनोरम हिमशृङ्खलासँगै म्याग्दीका विभिन्न ग्रामीण बस्तीको समेत अवलोकन गर्न सकिने र जैविक विविधतायुक्त क्षेत्र भएकाले यहाँको दृश्यले पर्यटकलाई लोभ्याउने गर्छ ।
म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्नेगरी पहिचान भएको धवलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गायत्री मन्दिरबाट सुरु भएर भगवती–रुइसे–भेडिओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ । मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङधुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धवलागिरि हिमालको आधार शिविर पुग्ने गर्छन् ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट