
काठमाडौं । बुधबार सेयर बजार परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक ० दशमलव ३३ अंकले बढेर २६०० दशमलव २० विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०५ अंकले बढेर ४४५ दशमलव ११ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ ।
आज सेयर बजारमा करिक ६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३११ कम्पनीका १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर ६१ हजार ८२४ पटक खरिद बिक्री हुँदा ५५ अर्ब ९४ करोड २८ लाख ५२ हजार २५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार मादी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य ३० रुपैयाँ १२ पैसाले बढेर ३३१ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।













समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना