क्लब विश्वकप : इन्टरलाई हराउँदै फ्लुमिनेस क्वाटरफाइनलमा

काठमाडौं । इटालियन क्लब इन्टर मिलानलाई हराउँदै ब्राजिलको फ्लुमिनेस एफसी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बैंक अफ अमेरिका स्टेडियममा आज भएको भएको प्रि–क्वाटरफाइनलमा फ्लुमिनेसले इन्टरलाई २–० ले पराजित गरेको हो ।

फ्लुमिनेसको जितमा जर्मन कानो र हर्कुलसले समान गोल गरे । खेलको तेस्रो मिनेटमा नै कानोले गोल गर्दै अग्रता दिलाए । हर्कुलसले इन्ज्युरी समयमा गोल गरे । युइएफए च्याम्पियन्स लिग फाइनलको खेलेको इन्टर क्लब विश्वकपमा क्वाटरफाइनल पुग्न सकेन ।

हर्कुलसले इंग्लिस क्लब म्यान्चेस्टर सिटी र साउदी क्लब अल हिलालबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । यसअघि बायर्न म्युनिख, पिएसजी, चेल्सी र पाल्मेइरास क्वाटरफाइनलमा पुगिसकेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार