
काठमाडौं । नेपाल अटोमोबाईल्स एसोसिएसन केन्दिय सल्लाहकार समिति (एड्भाईजरी बोर्ड) को प्रथम बैठक संघका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा शुक्रबार होटल रोयल टुलिप ग्वार्कोमा सम्पन्न भएको छ । संघको एडभाईजरी बोर्ड सदस्यहरु डा धनञ्जय रेग्मी, अनिल भण्डारी, ठाकुर प्रसाद न्यौपाने, रितु भट्ट, अच्यूत गुरागाई, शिवहरि सापकोटा, तथा नासा फाउण्डेशन नेपालका संयोजक कृष्ण सिंह बस्नेत समेतको आजको बैठकमा उपस्थिति रहेको थियो ।
संघको उपाध्यक्ष सिताराम न्यौपाने, सचिव दिप्रश शाक्य लगायतका पदाधिकारीको उपस्थितिमा सम्पन्न सो बैठकले विभिन्न प्रस्तावहरु पारित गरेको छ । संघले चालु आवमा सम्पन्न गरेका स्पोटर््स ईभेन्टहरु, सेफर मोविलिटि तथा टुरिजम सम्बन्धि कार्यक्रमहरु, मार्शल ÷ एथलेट्स सम्बन्धि तालिमहरु तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीता सम्बन्धि रिपोर्ट प्रस्तुति र पारित गरिएको सो बैठकमा सोही क्षेत्रमा गरिने आगामी कार्ययोजना समेतको लागी सुझाव संकलन गरिएको थियो । साथै, संघको कार्यविभाजन सम्बन्धि संसोधित प्रस्ताव र संघ तथा कार्यसमितिको उपलब्धि र कमि–कमजोरीको बारेमा समेत छलफल गरि सुधार गर्ने प्रतिबद्धता व्यक्त गरियो ।
संघले निकट भविष्यमा शुरु गर्ने मोटरिङ एकेडेमी, पर्यटकिय परियोजनाहरु तथा पोलिसी डायलग फर अटोमोबाइल एण्ड बेटर मोविलिटी सम्बन्धि नितिगत सम्मेलनको बारेमा समेत विशेष छलफल गरियो । एड्भाईजरी बोर्डद्वारा पारित प्रस्ताव तथा सुझावहरुलाई संघको एघारौं साधारण सभाद्वारा अनुमोदन गर्ने गरी यथासक्य छिटो कार्यन्वयन गरिनेछ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना