
काठमाडौं । पाँच अर्ब लगानीमा काठमाडौंको कीर्तिपुरमा चम्पादेवी केबलकार बन्ने भएको छ । कम्पनीले वन तथा वातावरण मन्त्रालयलाई वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेर पेस गरेको छ ।
कम्पनीले २.०७५ किलोमिटर लम्बाइको केबलकार बनाउने जनाएको जानकारी दिएको छ । उक्त केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । यसैगरी, प्रतिगोन्डोलाको क्षमता १० जना रहेको छ । उक्त कम्पनीले दैनिक ५ हजार यात्रुलाई सेवा दिने लक्ष राखिएको छ । चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिले कीर्तिपुर नगरपालिकाको वडा नं ४ मा चम्पादेवी केबलकार बनाउन लागेको हो । कम्पनीले माथिल्लो स्टेसन कीर्तिपुर नगरपालिकाको वडा नं ४ मा हुनेछ भने तल्लो स्टेशन दक्षिणकाली नगरपालिका वडा नं १ मा निर्माण हुने गरी प्रस्ताव पेश गरेको छ ।
प्रस्तावित प्रतिवेदनअनुसार केबलकार आयोजना निर्माण गर्न ५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । कम्पनीले केबलकारमा प्रतिदिन ५ हजार पर्यटक आउने उल्लेख गरेको छ । साथै, कम्पनीले २ वर्षमा निर्माण सम्पन्न गर्ने योजना बनाएको छ । परियोजनाले कुल ५ हेक्टर वन क्षेत्र उपयोग गर्नेछ, जसमा सेतो लालीगुराँस, बाँझ, अिंगेरी, लगायतका वनस्पति र चराचुरुङ्गीको आवासस्थल प्रभावित हुने बताइएको छ । यसका लागि रुख फँडानीको सट्टा १० गुणा वृक्षरोपण, वनजन्तु संरक्षण, डस्ट र नाइट्स पोल्युशन नियन्त्रणजस्ता उपाय प्रस्ताव गरिएको छ ।
निर्माण तथा सञ्चालन चरणमा पर्यावरणीय व्यवस्थापनको लागि करिब ६ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ । त्यसमध्ये सामाजिक उत्तरदायित्व अन्तर्गत ९१ लाख रुपैयाँ स्थानीय विकास र सेवामा प्रयोग गरिनेछ । आयोजनाबाट ३१२ जनालाई स्थायी र ३०० जनालाई अस्थायी रोजगारी सिर्जना हुने कम्पनीले उक्त प्रतिवेदनमा उल्लेख गरेको छ । स्थानीयलाई प्राथमिकता दिने व्यवस्था प्रतिवेदनमा उल्लेख गरिएको छ । यो केबलकार परियोजनामा विशाल ग्रुप, संघई परिवार र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालको मुख्य लगानी रहने छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल