
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । आज नेप्से परिसूचक ८० दशमलव ९७ अंकले बढेर कारोबार भएको हो ।
आजको उच्च वृद्धिसँगै नेप्से परिसूचक ३ हजार विन्दु नजिक पुगेको छ । आज नेप्से परिसूचक २९७३ दशमलव ७० विन्दुमा पुगेको हो । आज परिसूचक अघिल्लो दिनको भन्दा २.७९ प्रतिशतले बढेको हो । आज सेयर बजारमा २३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्य घटेको छ । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ४८ अंकले बढेर ५१६ दशमलव ९८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
आज सेयर बजारमा कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन १६ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज २० अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर १ लाख ७७ हजार १०१ पटक खरिद बिक्री हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह