
नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका किसान मल लिनका लागि रातिदेखि नै लाइन बसेका छन् । रासायनिक मल लिनका लागि रातिदेखि नै किसानहरू सहकारी र वडा कार्यालय अगडि लाइनमा बसेका हुन् ।
पाल्हीनदन गाउँपालिका–४ का रामानन्दन हरिजनले भने, ‘रोपाइँ सकिएको दुई महिना भयो, मलको अभाव भएर अहिलेसम्म पाएका छैनौँ । सरकारले उपलब्ध गराउने मल पाउने आशामा रातिदेखि लाइनमा बसेका छौँ ।’ खेतमा रासायनिक मल प्रयोग नगरेमा धान उत्पादन घट्नेमा उनले चिन्ता व्यक्त गरे ।
हरिजनले भने, ‘मल लिनका लागि ४ नं वडा कार्यालयको अगाडि रातिदेखि लाइनमा बसेपछि प्रतिकिसान २५ किलो युरिया मल पाएका हौँ । मलको अभाव देखेर खेती गरौँ की नगरौँ भन्ने दोधारमा छौँ ।’ पाल्हीनन्दनको हरपुरमा बिहीबार ३ बजे रातिदेखि युरिया मल लिन सहकारीको अगाडि किसान लाइनमा बसेका रवीन्द्र हरिजनले बताए । लामो समयदेखि वर्षा नहुँदा अत्यधिक गर्मी बढेसँगै जमिन सुकेर खडेरी लागेको बताउँदै उनले धान सुक्न थालेको उल्लेख गरे ।
मलको अभाव रहेकाले सबै किसानलाई वितरण गर्ने उद्देश्यले लाइनमा व्यवस्थित गराएर प्रतिकिसान २५ किलोका दरले युरिया वितरण गरिएको पाल्हीनन्दन–४ का वडाध्यक्ष रवीन्द्र सहानीले जानकारी दिए । आवश्यकता अनुसार मल नपाएको किसानले गुनासो गरिरहेकाले वितरणको पहल थालिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए । मलको कोटा बढाउन आवश्यक रहेको बताउँदै उनले यसका लागि सरोकार भएका निकायसँग समन्वय गरी अगाडि बढ्ने उल्लेख गरे ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम