
काठमाडौं । लुइस डियाज बायर्न म्युनिख जाने पक्का भएको छ । जर्मन च्याम्पियनले लिभरपुलसँग एड–अनसहित ७५ मिलियन युरो बराबरको सम्झौता गरेपछि डियाज जर्मन जाने निश्चित भएको हो ।
यसअघि बायर्नले कोलम्बियाली फरवार्डका लागि ५८.६ मिलियन पाउण्डको सुरुवाती प्रस्ताव राखेको थियो । त्यसलाई लिभरपुलले अस्वीकार गरेको थियो । २८ वर्षीय डियाजलाई लिभरपुलले शनिवार हङकङमा भएको एसी मिलानविरुद्धको खेलमा टोलीमा राखेको थिएन । अब उनलाई मेडिकल परीक्षणका लागि एसियाबाट युरोप जान लिभरपुलले अनुमति दिएको छ ।
लिभरपुलले फ्लोरियन विट्र्स र ह्युगो एकीटिके अनुबन्ध गरिसकेको छ । न्युक्यासल युनाइटेडका अलेक्जान्डर इसाकप्रति पनि चासो देखाइरहेको छ । डियाज सन् २०२२ को जनवरीमा पोर्टोबाट ३७ मिलियन पाउण्डको प्रारम्भिक मूल्यमा लिभरपुल गएका थिए । उनले क्लबका लागि १४८ खेलमा ४१ गोल गरेका छन् । गत सिजन प्रिमियर लिग उपाधि जित्दा उनमे १३ गोल गरेका थिए।













समाचार
वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार
कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल
त्रिभुवन विश्वविद्यालयको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
राष्ट्रियसभाको बैठक आज बस्दै
श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट एनपीएल खेल्ने
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड
मनसुनी सँगै पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर