
काठमाडौं । नेपाल सेयर बजार लगानीकर्ता संघले हालको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा देखिएको समस्याप्रति ध्यानाकर्षण गराउँदै एक औपचारिक पत्रमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित उक्त पत्रमा सेयर १५ मिनेट ढिला हुने सूचकांक प्रणालीको असुविधाजनक अवस्थाप्रति आपत्ति जनाउँदै नेप्सेमा ध्यानाकर्षण गराएको हो । लगानीकर्तालाई प्राविधिक समस्याका कारण असहज भएको भन्दै तत्काल सुधारको माग गरिएको छ ।
पत्रमा भनिएको छ
‘नेपाल सेयर बजार लगानीकर्ता संघ सम्पूर्ण लगानीकर्ताहरूको हकहितको संरक्षण तथा बजारलाई विश्वसनीय एवम् पारदर्शी बनाउने मूल उद्देश्यका साथ स्थापित एक जिम्मेवार संस्था हो। यत्त संघ सदैव समस्त सरोकारवाला निकायहरुसँग सहकार्य गर्न तत्पर रहेको व्यहोरा अवगत गराउन चाहन्छौं।
हालै सेयर बजारमा पछिल्लो १५ मिनेटको औसत सूचकांकमा देखिएको गलत प्रक्षेपणले आम लगानीकर्ताहरूमा गम्भीर चिन्ता र अन्योल सिर्जना गरेको छ। यस प्रकारका समस्याहरु, जस्तै टीएमएस (त्ःक्) लगइनमा निरन्तर देखा पर्ने प्राविधिक समस्याहरु, एक स्वस्थ र गतिशील बजारका लागि बाधक हुन् भन्नेमा दुई मत छैन। विगतमा पनि यस्ता सानातिना प्राविधिक त्रुटिहरू नभएका होइनन् भन्ने तथ्यप्रति हामी पूर्णतः जानकार छौं। तर, ती त्रुटिहरुबाट पाठ सिक्दै भविष्यमा यस्ता समस्याहरु दोहोरिन नदिने दृढ प्रतिबद्धताका साथै त्यसको प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको कुरामा हामी जोड दिन चाहन्छौं।
अतः, उपरोक्त विषयमा यहाँको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं। भविष्यमा यस्ता प्राविधिक त्रुटि एवम् अनुचित गतिविधिहरु पूर्ण रूपमा नियन्त्रण गरी बजारलाई स्वच्छ र पारदर्शी बनाइयोस्। साथै, सेयर बजारलाई थप मर्यादित र पूर्ण स्वचालित (ब्गतयmबतभम) बनाउनुका साथै अत्याधुनिक प्रविधिको प्रयोगमा कुनै पनि ढिलासुस्ती नगरियोस् भन्ने कुरामा समस्त लगानीकर्ताहरूको तर्फबाट गम्भीर चासो व्यक्त गर्दै तथा नेप्सेको प्रणालीमा आमूल सुधार गरि थप गर्नसकिने कुराहरु थप गर्नेजस्ता कुराहरुमा गम्भीरताका साथ काम सुरु गरियोस भनी अनुरोध गर्दछौं।’













समाचार
सामाजिक सञ्जालले फेरिएको व्यापार शैली
ठमेल प्लाजा होटलको साधारण सभा आज
किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ, भौतिक प्रगति ५१ प्रतिशत
१४ वर्षमै आमा, २० प्रतिशत सुत्केरी २० वर्षमुनिका
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार
माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्ट प्रहरीले हटायो, दिउँसोको प्रदर्शन भने नरोकिने
तेलको मूल्य घट्ने ट्रम्पको दाबी
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प