
काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेर कारोबार भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक ४७ दशमलव ९३ अंक घटेर २९५४ दशमलव १४ विन्दुमा झरेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ७५ अंकले घटेर ५०७ दशमलव ८४ विन्दुमा पुगेको छ । आज फ्लोट इन्डेक्स ३.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ७४ अंक घटेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन साढे १८ अर्ब माथिको कारोबार भएको बजारमा आज १६ अर्ब भन्दा माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर १ लाख ४१ हजार ५२० पटक खरिद बिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम