
काइवाका । बसमा यात्रा गर्ने क्रममा लगेजभित्र दुई वर्षीया बालिका फेला परेपछि न्युजिल्याण्डको उत्तर भागमा पर्ने सानो सहर काइवाकामा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे जानकारी दिँदै प्रहरीले आइतबार बस चालकले लगेज चेक गर्ने क्रममा झोला हल्लिएको देखे। त्यो खोल्दा त्यहाँ एक सानी बालिका भेटिएको प्रहरीको भनाइ छ। २७ वर्षीया महिलालाई बच्चाको अमानवीय व्यवहार वा लापरबाही गरेको अभियोगमा पक्राउ गरिएको छ।
‘बालिका शारीरिक रुपमा भने सामान्य देखिएकी छिन्,’ प्रहरीले जनाएको छ। उनलाई थप स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । महिला र बालिकाबिचको सम्बन्ध हालसम्म खुलाइएको छैन। महिला सोमबार नर्थ शोर जिल्ला अदालतमा उपस्थित हुने छन्। प्रहरीले उक्त घटनामा सूक्ष्म अवलोकन गरेर तत्काल कदम चालेको भन्दै बस चालकको प्रशंसा गरेको छ । ‘यदि चालकले सजगता नदेखाएको भए स्थिति गम्भीर हुन सक्थ्यो,’ प्रहरीको भनाइ छ ।












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?