
काठमाडौं । पेरु गणतन्त्रका राजदूत जाभियर पाउलिनिचले पर्या–पर्यटनमा नेपालले विश्वलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै यसले दक्षिण अमेरिकी मुलुकहरुलाई समेत प्रेरणा मिलेको बताएका छन् । पेरु गणतन्त्रको २०४ औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित अवैतनिक दूतावासद्वारा आयोजित कार्यक्रममा नेपालसमेत हेर्ने भारतका लागि पेरु गणतन्त्रका राजदूत पाउलिनिचले नेपालले पर्यापर्यटनसहित जलविद्युत् उत्पादनका क्षेत्रमा गरेको प्रयाशको प्रशंशा गरे ।
‘हामी जलविद्युत, दिगो पर्वतीय विकास तथा इको–पर्यटनमा नेपालको विश्वव्यापी नेतृत्वको गहिरो प्रशंसा गर्दछौं,’राजदूत पाउलिनिचले भने, ‘जसले हाम्रो एन्डियन समुदायलाई प्रेरणा दिएको छ र भावी सहकार्यसँगै एउटा बलियो आधारको रूपमा काम गरेको छ ।’ नेपालका नवीकरणीय ऊर्जा, पूर्वाधार तथा हरित नवप्रवर्तनसम्बन्धी आफ्ना आकांक्षासँग यो प्रयाश अझ प्रासंगिक बन्दै गएको उनको भनाइ छ । आफूहरु कृषि, पर्यटन, शैक्षिक, आयुर्वेद र प्राकृतिक चिकित्सा लगायतका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको र त्यसका निमित्त दुई मुलुकका जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउन आवश्यक रहेको उनले बताए । कार्यक्रममा नेपालका लागि पेरु गणतन्त्रका अवैतनिक वाणिज्य दूत सुमित अग्रवालले पेरु गणतन्त्रको वाणिज्यदूतको रूपमा सेवा गर्न पाउनु आफ्ना लागि महत्वपूर्ण अवसर रहेको यस जिम्मेवारी र अवसरलाई दुवै मुलुकको हितमा प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘नेपाल र पेरु गणतन्त्रबीच बलियो सम्बन्ध रहँदै आएको छ र हामी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै आपसी समृद्धिलाई प्रोत्साहन गर्न चाहन्छौं,’ उनले भने, ‘दुई देशबीच लगानी, कृषि, पर्यटन, व्यापार तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा बलियो द्विपक्षीय सहकार्य प्रवर्द्धन गर्न म आफ्नो ऊर्जा केन्द्रित गर्नेछु ।’ कार्यक्रममा काठमाडौंस्थित विभिन्न मुलुकका वाणिज्यदूत तथा कुटनीतिक र सामाजिक क्षेत्रका प्रवुद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो । पेरु गणतन्त्रका स्थानीय परिकार तथा भेषभुषाको प्रदर्शनी गरिएको कार्यक्रम मेरियट होटलमा आयोजना गरिएको थियो ।













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला