
काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकामा देशभरका सबै जनप्रतिनिधिहरु उपस्थित हुने भएका छन् । जलवायु परिवर्तन सम्मेलनमा देशभरका ७५३ वटा पालिकाका जनप्रतिनिधिहरु त्यहाँ उपस्थित हुने भएका हुन् ।
गाउँपालिकाले सबै पालिकाका प्रमुखहरुलाई सम्मेलनमा आमन्त्रण गरेको हो । गाउँपालिकाले जलवायु परिवर्तनका कारणले देशव्यापी रुपमा भइरहेको असरका विषयमा एक्यबद्धता आवश्यक परेकाले सम्मेलनको आयोजना गरेको जनाएको छ । गाउँपालिकाले सबै पालिकाहरुका लागि पठाएको पत्रमा शालिग्राम पाइने एक मात्रै नदी कालीगण्डकी र मुक्तिनाथ मन्दिरको काखमा रहेको गाउँपाकिा उक्त सम्मेलनमा सबै पालिकाका प्रमुखहरुलाई आमन्त्रण गरेको हो ।
उक्त सम्मेलन भदौ ३१ गते जोमसोम कभडैहलमा आयोजना हुने गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनले जानकारी दिए । आफूहरु उक्त सम्मेलनको आयोजनाका लागि अहिले तयारी अवस्थामा रहेको उनको भनाइ छ । उनले आफूहरु सबै पालिकाका प्रमुखहरुलाई स्वागत गर्नका लागि तयार रहेको उनले बताए । गाउँपालिकाले सम्मेलनमा उपस्थिति हुने स्थानीय तहका प्रमुख र एक जना सवारी चालकको नाम भदौ २० गतेसम्म उपलब्ध गराउन पनि आग्रह गरेको छ ।














समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने