
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना