
काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूमा बृहत स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । “नियमित स्वास्थ्य परीक्षण गरौँ, सम्भावित स्वास्थ्य जोखिमबाट बचौँ” भन्ने नाराका साथ फास्ट फुड एसोसिएसन नेपालको आयोजनामा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा २८१ जना व्यवसायीको स्वास्थ्य परीक्षण सम्पन्न गरिएको हो । उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष होमराज श्रेष्ठले गरेका थिए भने संयोजन स्वास्थ्य विभाग प्रमुख तथा कार्यक्रम संयोजक कुमार भण्डारीले गरेका थिए । कार्यक्रममा सम्पूर्ण कार्यसमिति, संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिका व्यवसायी तथा श्रमिकहरूको सक्रिय सहभागिता रहेको थियो ।
स्वास्थ्य सेवाबाट व्यवसायीहरू लाभान्वित भएको जानकारी दिँदै फास्ट फुड एसोसिएसन नेपालका महासचिव राकेश श्रेष्ठले अस्पतालप्रति धन्यवाद व्यक्त गरे ।
यसैबीच फास्ट फुड एसोसिएसन नेपाल र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता समेत भएको छ । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भू र फास्ट फुड एसोसिएसन नेपालबीचको सम्झौता सम्पन्न भएको छ । एसोसिएसन र अस्पतालबीच साउन ३० गते सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौताअनुसार “नियमित स्वास्थ्य परीक्षण, सिया ल्याब, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, ईकोसहित सम्पूर्ण स्वास्थ्य परीक्षण, तथा आईसीयू, भेन्टिलेटर, अपरेसनसहित अस्पतालमा प्रदान गरिने सम्पूर्ण सेवामा” फास्ट फुड एसोसिएसन नेपाल अन्तर्गतका व्यवसायी सदस्यहरू, फास्ट फुड रेस्टुरेन्ट व्यवसायी, सेयर सदस्य, व्यवसायीका परिवार, कार्यरत श्रमिक तथा फास्ट फ्यान नेपालबाट सिफारिस प्राप्त व्यक्तिहरूलाई विशेष छुटका साथ सुविधा उपलब्ध गराइने छ ।
यस सम्झौतामा फास्ट फुड एसोसिएसन नेपालका अध्यक्ष होमराज श्रेष्ठ र मनमोहन मेमोरियल शिक्षण अस्पतालका कार्यकारी अध्यक्ष एन. शर्मा बीच सम्झौता आदान–प्रदान गरिएको हो । सम्झौतामा फास्ट फुड एसोसिएसन नेपालको तर्फबाट अध्यक्ष होमराज श्रेष्ठ, उपाध्यक्ष रामकाजी भण्डारी, महासचिव राकेश श्रेष्ठ, सचिव तथा स्वास्थ्य विभाग प्रमुख कुमार भण्डारी र मनमोहन मेमोरियल शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा. एन. शर्मा, कार्यकारी निर्देशक डा. मुझ श्रेष्ठ, डा. निराजन सुवेदी (मेडिकल डाइरेक्टर) ले हस्ताक्षर गरेका छन् ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना