
कैलाली । कैलालीको कैलारी गाउँपालिका–३ मोहनपुर र वडा नं ४ भितरीया सिमानामा रहेको मोहना नदीमा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत भएको छ। मोहना नदी पारी मोहनपुर र वारी भितरीया गाउँ छ। मोहनपुरमा हाल ९५ परिवारका पाँच सय २५ जना मानिसको बसोबास छ। विसं २०३६ मा बसोबास रहेका यहाँका स्थानीयलाई कुनै पनि काम गर्नको लागि नदी ओहोरदोहोर गर्नुपर्ने बाध्यता थियो।
झोलुङ्गे पुल निर्माणसँगै यहाँका स्थानीयलाई ओहोरदोहोर गर्नमा निकै राहत भएको मोहनपुर गाउँका भलमन्सा शीतलप्रसाद डङ्गौराले जानकारी दिए। ‘यहाँका जनतालाई औषधि उपचार, विद्यालय र अन्न कुटानीपिसानी जान पनि निकै समस्या थियो। जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘यही जेठमा पुल निर्माण भएपछि हामीलाई निकै सहज भएको छ।’ पुल नहुँदा यहाँका जनताले ३५ वर्षसम्म हिउँदमा नदीमाथि रुखका चाक्ला र अन्य समय काठको डुङ्गाबाट आवतजावत गर्थे। यो बीचमा नेपाल रेडक्रस सोसाइटी र मर्सिकोर नामक संस्थाले काठको डुङ्गासँगै लाइफ ज्याकेट दिएपछि १२ वर्षसम्म डुङ्गाको सहारामा नदी तर्दै आइएको भलमन्सा डङ्गौराले स्मरण गरे।
पुल निर्माणपछि त्यो समस्या समाधान भएको छ। पुल निर्माणपछि आवतजावतमा सहज भएको सोही गाउँका अगुवा लिखराज डङ्गौरा थारुले बताए। पुल नहुँदा सबैभन्दा बढी विद्यालय जाने बालबालिकालाई समस्या हुने गरेकामा अचेल भने सहज भएको स्थानीय चुनीराम डङ्गौरा थारुले बताए। ‘स्थानीयलाई साँझ, बिहान बजारबाट समान लिन जाँदा नदी वारपार गर्न काठको डुङ्गा प्रयोग गर्नुपर्दथ्यो । हाल पुल सञ्चालनपश्चात् आनन्दले आवतजावत गर्न सकिएको छ’, उनले भने।
सङ्घीय सरकारको सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागअन्तर्गत सस्पेन्सन वृज डिभिजनको रु तीन करोड ४३ लाखको लागतमा यहाँ झोलुङ्गे पुल निर्माण गरिएको हो। उक्त पुल निर्माणका लागि एमपी ठेगिम सनलाइट जेभी नेपालगञ्ज बाँकेसँग विसं २०७८ असोज १३ गते सम्झौता भएकामा गत वर्ष माघ १० गते पुल निर्माण सम्पन्न भएको थियो।













समाचार
प्लास्टिक सर्जरी अब सौन्दर्यसँगै जटिल रोग र दुर्घटनामा जीवन बचाउने प्रभावकारी माध्यम बन्दै
“सुजुकी पर्वोत्सव” – दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना
युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष
एड्भान्स अटोमोबाइलले ल्यायो लक्जरी इभी ‘होङ्ची ई–एचएस४’, बुकिङ खुला
नयाँ टाटा पन्च इभीको भोलिबाट मूल्य एक लाख बढ्ने
हाथवेको २ करोड ५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद
‘मलाई विगतदेखि नै न्यायालयले बचाएको छ, विशेष महाधिवेशनबाट पनि न्याय पाउनेछ: देउवा
‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’
दैनिक ५०–६० सिलिन्डर खपत हुने होटलमा २०० सिलिन्डर मौज्दात अस्वाभाविक होइन : चेम्बर