
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सरकारले असोज १ गतेदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयप्रति आपत्ति जनाउँदै पुनः ध्यानाकर्षण गराएको छ। महासंघले यसअघि साउन २२ गते नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाइसकेको थियो भने पुनःआज (भदौ १० गते) अर्को पत्रमार्फत मन्त्रालयलाई स्मरण गराएको हो।
महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा, इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आवश्यक पूर्वाधार अझै तयार नभएको अवस्थामै यसलाई अनिवार्य गरिनु अव्यावहारिक भएको उल्लेख छ। विशेषगरी उपत्यका बाहिरका यातायात कार्यालयहरूले यस्तो निर्णयलाई कार्यान्वयन गर्न नसक्ने र यसले यातायात व्यवसायीमाथि अतिरिक्त आर्थिक भार थप्ने महासंघको भनाइ छ।
महासंघले संविधानले तोकेको सरकारी कामकाजको भाषा देवनागरी लिपि भएको भए पनि मन्त्रालयले जारी गरेको सूचनामा अंग्रेजी अक्षर मात्र प्रयोग गर्ने निर्णयले राष्ट्रिय भाषा र स्वाभिमानमाथि आच आउने चेतावनी दिएको छ। यस विषयमा २०८० सालको नेपाल राजपत्रले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी र देवनागरी दुवै लिपि प्रयोग गर्नुपर्ने व्यवस्था गरेको भए पनि, हाल यातायात व्यवस्था विभागले जारी गरेको सूचनाले त्यो प्रावधान उल्लङ्घन गरेको महासंघको दाबी छ।
यसअघि साउन २२ गते मन्त्रालयलाई बुझाइएको ध्यानाकर्षण पत्रमा पनि महासंघले सोही माग अघि सारेको थियो। उक्त पत्रमा इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य गर्ने निर्णयलाई स्वेच्छिकमा रूपान्तरण गर्न आग्रह गरिएको थियो। महासंघले अब पुनः स्मरण गराउँदै असोज १ गतेदेखि उक्त निर्णय कार्यान्वयन गर्दा उत्पन्न हुने बिषम परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वहन गर्नुपर्ने चेतावनी दिएको छ।
महासंघले सरकार र सरोकारवालाबिच पर्याप्त छलफल नगरी हतारमा निर्णय कार्यान्वयन गर्नु समाधानभन्दा समस्या बढाउने काम मात्र हुने भन्दै तत्काल संशोधनको माग गरेको छ।













समाचार
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति