
अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) सँगको दोस्रो अभ्यास टी–२० खेल पनि जित निकालेको छ । नेपालले दोस्रो खेलमा एसीटीलाई ६ विकेटले हराएको हो ।
एसीटीले दिएको ९७ रनको सामान्य लक्ष्य नेपालले १३.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक अविजित ४२ रन बनाए । गुल्शन झाले २३ रन बनाए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एसीटी १७.२ ओभरमा ९६ रनमा अलआउट भएको थियो । एसीटीको टोलिलाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरी र शाहब आलमले ४–४ विकेट लिए । त्यस्तै कप्नान रोहित पौडेल र गुल्शन झाले १–१ विकेट लिए ।
आजै भएको पहिलो अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको थियो । टप एन्ड टी–२० सिरिज समाप्त भएपछि नेपालले थप पाँच अभ्यास खेलहरू खेल्ने छ । नेपालले अब २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी–२० र एक वान डे खेल खेल्नेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह