
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत सुदुरपश्चिम रोयल्सले पोखरा एभेन्जर्ससामु जितका लागि १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाए पछि उक्त लक्ष्य पाएको हो ।
पहिलो विकेटका लागि ओपनरद्वय जस ब्राउन र विनोद भण्डारीले १०.४ ओभरमा १०८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । जस ब्राउनले ३५ बलमा चार चौका र पाँच छक्काको सहयोगमा ६८ रन बनाए । अर्का ओपनर विनोद भण्डारी ४२ बलमा ६ चौका सहयोगमा ४३ रनको योगदान दिए ।
त्यस्तै क्रिस लिनले ३१ रनको योगदान दिए । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी १५, स्कट कुग्लेजिन ८ र हरमित सिंहले ४ रन बनाए । पोखराका लागि जिम्मी निसमले तीन विकेट लिए । डान डाउथवेट र आकाश चन्दले दुई–दुई विकेट लिए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम