
काठमाडौं । काठमाडौं महानगरपालिकाले धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादन गरिएको ‘मुस्ताङ गोल्ड’ नामक मदिरामा अखाद्य वस्तु फेला परेपछि कम्पनीमाथि कारबाही गरेको छ।
सिलबन्दी अवस्थामा बजारमा बिक्री भइरहेको सो अल्कोहलजन्य पेयमा झिँगाजस्तो पदार्थ भेटिएपछि उपभोक्ताले भदौ ४ गते महानगर प्रहरीमा उजुरी दिएका थिए। त्यसको आधारमा महानगरले नमुना संकलन गरी परीक्षण गर्दा बोतलभित्र अखाद्य वस्तु रहेको पुष्टि भएको हो। उक्त मदिरा मापदण्ड विपरीत उत्पादन गरिएको ठहर गर्दै काठमाडौं महानगरपालिकाले कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।
महानगरको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १०(३)(ढ) अनुसार यो कार्य ‘अनुचित व्यापारिक गतिविधि’ मा पर्ने र ऐनको दफा २९(घ) तथा ३०(१)(ख) अनुसार कम्पनीले कानुन उल्लङ्घन गरेको ठहर गरिएको छ।
महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार जरिवाना रकम राजस्व खातामा जम्मा गरेर त्यसको विवरण विभागमा पेश गर्न कम्पनीलाई भनिएको छ।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात