
काठमाडौं । बैशाखदेखी भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर २०७ जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २२ जना बेपत्ता भए भने सात सय ७४ जना घाइते भएका छन् । त्यसबाट पाँच हजार ९६३ परिवार प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार यस अवधिमा घटेका विपद्का घटनामा सबैभन्दा धेरै आगलागी भएको छ । कुल एक हजार १९७ आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन हुँदा एक सय ६५ घाइते भएका छन् । बाढीका दुई सय ४३ घटना हुँदा २७ जनाको ज्यान गएको छ भने २२ बेपत्ता र १० घाइते भएका छन् । बाढीमा परेर एक हजार ७७८ परिवार प्रभावित भएका छन् । यस अवधिमा तीन सय ६८ ठाउँमा पहिरो गएको छ । पहिरोमा परेर १८ जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् । पहिरोका कारण चार सय ८१ परिवार प्रभावित भएका छन् ।
यस्तै, दुई सय ६६ वटा भारी वर्षाका विवरण प्राधिकरणले उपलब्ध गराएको छ । भारी वर्षाका कारण छ जनाको ज्यान जाँदा १२ घाइते भएका छन् भने सात यस ११ परिवार प्रभावित भएका छन् । कुल दुई सय ५८ चट्याङका घटना हुँदा ३१ जनाको ज्यान गएको छ । त्यसमा परेर एक सय ९३ जना घाइते भएका छन् भने तीन सय १७ घरपरिवार प्रभावित भएका छन् । यसैगरी, सर्पदंशका दुई सय ६८ घटना हुँदा ७२ जनाको ज्यान गएको छ । दुई सय दुई जना घाइते हुँदा दुई सय ७२ घरपरिवार प्रभावित भएका छन् । कुल एक सय ५८ वटा वन डढेलोको घटना हुँदा दुई जना घाइते र २७ परिवार प्रभावित भएका छन् । हुरीबतासका दुई सय ८० घटना हुँदा आठ जनाको निधन भएको छ भने ४१ जना घाइते भएका छन् । त्यसबाट पाँच सय ३६ घरपरिवार प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार जनावर आक्रमणको घटनामा १५ जनाको निधन भएको छ । लेक लाग्नुका ४९, भूकम्प पाँच, डुङ्गा पल्टेर दुई, असिना र माहामारीका एक–एक घटना घटेका छन् । प्राधिकरणले विपद्सँग जुध्नका लागि आवश्यक सतर्कता र सावधानी अपनाउन आग्रह गर्नुका साथै आवश्यक तयारीसमेत गरेको छ ।













समाचार
प्लास्टिक सर्जरी अब सौन्दर्यसँगै जटिल रोग र दुर्घटनामा जीवन बचाउने प्रभावकारी माध्यम बन्दै
“सुजुकी पर्वोत्सव” – दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना
युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष
एड्भान्स अटोमोबाइलले ल्यायो लक्जरी इभी ‘होङ्ची ई–एचएस४’, बुकिङ खुला
नयाँ टाटा पन्च इभीको भोलिबाट मूल्य एक लाख बढ्ने
हाथवेको २ करोड ५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद
‘मलाई विगतदेखि नै न्यायालयले बचाएको छ, विशेष महाधिवेशनबाट पनि न्याय पाउनेछ: देउवा
‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’
दैनिक ५०–६० सिलिन्डर खपत हुने होटलमा २०० सिलिन्डर मौज्दात अस्वाभाविक होइन : चेम्बर