
काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द भएको छ । अघिल्लो दिन १२ अंकले घटेको बजार १९.८९ अंकले घटेर २७४१.९७ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.६९ अंकले घटेर ४७३.६८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये सबै १३ वटैको सेयर मूल्य घटेको छ । आज सेयर बजारमा २२१ कम्पनीको सेयर मूल्य घटेको छ भने २९ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब १० करोड माथिको कारोबार भएको बजारमा आज भने ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक कारोबार हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि