
काठमाडौं । यही आउँदो भदौ २१, २२ र २३ गते याङ्शेर गुम्बा, डोल्पोका प्रमुख लामा, परमश्रद्धेय रानाग छोक्तुल रिनपोछे (डोल्पो बुद्ध)को अगुवाइमा शेर्पा गुम्बा बौद्धमा तीन दिने महत्त्वपूर्ण पूजा आयोजना हुँदैछ । भदौ २१ र २२ गते विशेष शिन्पोइ नेद्रेन पूजा सम्पन्न हुने भएको हो ।
उक्त विशेष दिनको पुजामा दिवङ्गत आत्माहरुले चीर शान्ति पाओस र परम आनन्दको भूमि सुखावतीमा पुनर्जन्म होस भन्ने शुद्ध भावका साथ अमिताभ बुद्धको मन्त्रोच्चारणसहितको साधना गरिनेछ । कार्यक्रमको आरम्भ अमिताभ बुद्धको अनन्त प्रकाशको मण्डल खोल्ने पूजाबाट हुनेछ । जसले संसारका सम्पूर्ण प्राणीहरूमा बुद्धको आशीर्वाद प्रवाह गर्दछ । भक्तजनहरूले आफ्ना दिवङ्गत परिवारका सदस्य, आफन्त, मित्रजनहरुको आत्महरुको भक्तिभावका साथ श्रद्दा अर्पण गर्नका लागि उक्त पूजा अगावै नाम अर्पण गर्न सक्नु हुनेछ ।
पुजाको सोही दिन पनि उपस्थित भै दिवङ्गतहरुको नाम टिपाउन सक्न हुनेछ । यसै गरि भदौ २३ गते अर्थात् पुजाको अन्तिम दिन भगवान बज्रकिलायको मन्त्रपाठसहित भव्य पूजाको आयोजना हुनेछ । यस पूजाले यस पृथ्वीका सम्पूर्ण प्राणीको आन्तरिक र बाह्य विघ्न –बाधा तथा नकारात्मक शक्तिहरू नष्ट गर्दै दशा–ग्रह शान्ति, सुख–शान्ति र समृद्धि प्राप्तिका लागि कामना गरिन्छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू