
काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै सामाजिक सञ्जाल ‘एक्स’ अर्थात् ट्विटर सम्पर्कमा आएको छ । ट्विटरको सिङ्गापुरमा रहेको कार्यालयबाट सञ्चार मन्त्रालयमा पत्राचारको इमेल प्राप्त गरेको तर अन्य कागजात पूर्णरूपमा आइनसकेको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।
उनको अनुसार इमेल प्राप्त हुनासाथ जवाफ पनि पठाइसकिएको छ । फेसबुकबाट भने आज दिउँसोसम्म आधिकारिक रूपमा कुनै पनि पत्राचार नभएको ठाकुरले जानकारी दिए । अहिलेसम्म नेपालमा दर्ता नभएका त्यस्ता प्लेटफर्मले सूचीकरणका लागि निवेदन दिए आवश्यक प्रक्रिया पूरा भएपछि निष्क्रिय सूचीबाट हट्न सक्ने ठाकुरको भनाइ छ ।
विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन सरकारले हिजो सम्बन्धित निकायमा आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायतका सामाजिक सञ्जाल छन् । यसअघि नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।













समाचार
नौ वर्षपछि ओखलढुंगा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
धनुषामा ६ जना फरार प्रतिवादी पक्राउ
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले
रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण
एनआइसी एशिया क्यापिटलको ५०% लाभांश घोषणा
धनकुटाको भेडेटार स्काइवाक नयाँ पर्यटकीय गन्तव्य
सूर्यज्योति लाइफको नाफा सुधार, जीवन बीमाकोष आधा खर्ब माथि
कुमारी बैंकको नाफा २९३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?
करिब १३ प्रतिशतले बढ्यो नेपाल एसबीआई बैंकको नाफा, इपीएस कति ?
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै