
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नयाँ पुस्ताको आन्दोलनको नेतृत्व सम्हाल्न सार्वजनिक आग्रह गरेका छन्।
उनले सोमबार भएको सरकारी दमनलाई ‘नरसंहार’ का रूपमा व्याख्या गर्दै, पुराना दलका नेताभन्दा स्वतन्त्र नेतृत्वले अब देशलाई अघि बढाउनुपर्ने समय आएको टिप्पणी गरे। शाहीले सामाजिक सञ्जालमार्फत् रातारात आह्वान गर्दै लेखेका छन्– “आजको रात, राष्ट्रका लागि जीवन अर्पण गर्ने ‘जेन जेड’ पुस्ताको बलिदान सम्झेर उठौं।”
उनले प्रधानमन्त्री र गृहमन्त्रीको साधारण राजीनामा पर्याप्त नभएको दाबी गर्दै, उनीहरूलाई नरसंहारसम्बन्धी मुद्दामा पक्राउ गरी जेल पठाउनुपर्ने माग गरे।
हालै ‘जेन जेड’ को विरोध प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपका कारण युवाहरूले ज्यान गुमाएपछि देशभर आक्रोश चुलिएको छ। यसैबीच, स्वतन्त्र उम्मेदवारको हैसियतमा युवाहरूको विश्वास जितेका बालेन शाहले नै आन्दोलनको अग्रभाग सम्हाल्नुपर्ने माग सामाजिक सञ्जालमा तीव्र भइरहेको देखिन्छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम