
काठमाडौं । विद्युतीय सवारीसाधन र विभिन्न किसिमका ब्याट्री उत्पादन गर्ने एशियन ब्याट्री कम्पनीले आईपीओ जारी गर्ने भएको छ । सन् २०१२ मा स्थापना भएको यो कम्पनीले आईपीओ जारी गर्ने तयारी गरेको हो ।
सन् २०२५ मा आएर पब्लिक कम्पनीको रूप लिएको हो । कम्पनीले निकट भविष्यमा साधारण जनतामाझ प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारीसमेत गरिरहेको छ । कम्पनीले पछिल्लो आर्थिक वर्षमा उल्लेखनीय कारोबार गर्न सफल भएको छ । कम्पनीले गत आवमा करिब ६२ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । उद्योगका अनुसार विगत केही वर्षयता कम्पनीको व्यवसायिक आय निरन्तर वृद्धि भइरहेको छ । सन् २०२३ मा करिब ४३ करोड रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले सन् २०२४ मा झन्डै ५१ करोड ७० लाख रुपैयाँ कारोबार गरेको थियो । सोही क्रममा सन् २०२५ मा आएर कारोबार ६२ करोड रुपैयाँ नाघेको छ । कम्पनीले सन् २०२१ देखि हालसम्म कारोबार वार्षिक औसत २९ प्रतिशतले बढ्दै आएको जनाएको छ ।
विराटनगरस्थित उद्योगमार्फत कम्पनीले हाल वार्षिक ५४ मेट्रिक टन क्षमतामा उत्पादन गर्दै आएको छ । कम्पनीले विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्रीसँगै अटोमोटिभ र ट्युबलर ब्याट्री पनि उत्पादन गरी आन्तरिक बजारमा आपूर्ति गरिरहेको छ ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो