
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब माथि व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीहरुले १ करोड १४ लाख ५० हजार ४७७ वटा बीमा पोलिसी बिक्री गरी ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले ३ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले ३ अर्ब १७ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले २ अर्ब १ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले १ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १ अर्ब २० करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
आइएमई लाइफले १ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले १ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ९६ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ६० करोड ६६ लाख रुवपैयाँ बीमाशुल्क संकलन गरेको छ ।













समाचार
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व
आजको मौसम : मनुसनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ