
भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका परम्परागत संस्कृतिसँगै हस्तकलाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले पुराना सीप, कला र परम्परागत जीवनशैलीलाई जगेर्ना गरेर नयाँ पुस्तामा पु¥याउने उद्देश्यले विभिन्न हस्तकलासम्बन्धी तालिम सञ्चालन गरेको हो ।
गाउँपालिकाले १५ दिने ढाका र खाडी कपडा बुनाइ तालिमका साथै सात–सात दिने लुकुनी, हलो जुवा, विनायो बाँसुरी, डोको–डालो, मान्द्रो, चित्रा, भकारी, घुम, पेरुङ्गो, गुन्द्री, पिरा, सुकुललगायत दैनिक जीवन र सांस्कृतिक महत्त्वका सामग्री बनाउने तालिम सञ्चालन गरेको छ । यस्तै किराँत संस्कृतिमा प्रयोग हुने धनुकाड र जाली रुमाल बन्ने तालिम पनि प्रदान गरिएको छ । गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार परम्परागत हस्तकलाको संरक्षणसहित त्यसलाई बजारसम्म पु¥याउने र नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । “हामीले जगेर्नासँगै आधुनिक प्रविधिसँग जोडेर यी सीपलाई जीवन्त बनाउन चाहेका हौँ”, उनले भने, “यसबाट युवाले आत्मनिर्भरता हासिल गर्न सक्छन् र संस्कृतिको पहिचान पनि जोगिन्छ । कला, संस्कृतिलाई संरक्षण गरेर नयाँ पुस्तासम्म पु¥याउनमा हामीले जोड दिएका छौँ ।”
गाउँपालिकाले सुरु गरेको यो कार्यक्रम केवल तालिममा मात्र सीमित नभएर दीर्घकालीन रूपमा स्थानीय सीप, संस्कृति र आत्मनिर्भर बनाउँदै अर्थतन्त्रसँग जोड्ने उद्देश्य रहेको अध्यक्ष बस्नेतको भनाइ छ । नयाँ पुस्तामा हस्तकला, परम्पराप्रति चासो र आकर्षण बढाउने, कला, संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवर्छनमा पनि यसले टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे ।
गाउँपालिकाले जनताको जीवनस्तर सुधार्दै सीप, कला संरक्षण र प्रवद्र्धनका लागि प्रयास थालिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताए । गाउँघरमा कतिपय परम्परागत रूपमा गरिने सीप हराउँदै गएकोले प्रशिक्षण कार्यक्रममार्फत पुनर्जीवित गर्ने प्रयास गरिएको उनले उल्लेख गरे । पितापूर्खाले बनाउँदै आएका हस्तकलाको सामग्री संरक्षणमा यस्ता कार्यक्रमले टेवा पुग्ने उपाध्यक्ष राईले जानकारी दिए । “आजका बालबालिका र युवाले परम्परागत हस्तकलाबारे कमै मात्र जानकारी पाएका छन्”, उनले भने, “उनीहरूलाई व्यवाहारिक सीप सिकाएर संस्कृतिको जगमा उभ्याउन खोजेका छौँ । यसले परम्परागत सीप र संस्कृतिको सरक्षणमा टेवा पुग्ने अपेक्षा लिएका छौँ ।”
अभियानलाई अझ मजबुत बनाउन गाउँपालिकाले चोमोलुङमा युनेस्को सेन्टर, काठमाडौँसँगको समन्वयमा सीप प्रदान गरेको छ । यहाँका ६५ जना महिला र पुरुष सहभागीलाई विभिन्न खालका परम्परागत हस्तकलाको सीप प्रदान गरिएको हो । सहभागीले सिकेका सीपलाई गाउँमै प्रयोग गरेर उत्पादन बढाउने र बजारमा लैजाने बताइएको छ ।
परम्परागत हस्तकलाले यहाँका बासिन्दाको जीवनशैली र पहिचान र संस्कृतिसँग पनि गहिरोसम्बन्ध राख्ने देखिएको छ । उचित प्रविधि, डिजाइन र बजार व्यवस्थापन भएमा यी उत्पादनले गाउँमा स्वरोजगार सिर्जना गर्नमा सहयोग पु¥याउने स्थानीय जानकारहरूले बताउने गरेका छन् ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै