
काठमाडौं । आज ३५ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विधि कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । त्यसपछि विश्वभर आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ ।
आज स्थानीय र विश्वव्यापी नेतृत्व गरेका वृद्ध व्यक्तिहरूको योगदानको चर्चा गरिन्छ। वृद्धवृद्धाहरूको आकांक्षा, उनीहरूको सुरक्षा र अधिकारका विषयमा छलफल हुन्छन् । ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवद्र्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाउँदैछन् ।
नेपाली सांस्कृतिक परम्परा र पारिवारिक मुल्यको एउटा मुख्य विशेषता बृद्धबृद्धालाई सम्मान गर्नु हो । ‘मातृदेवो भवः, पितृ देवो भवः’ भन्ने शब्द र भावनाहरू वृद्धवृद्धाको महत्व दशाउने शब्द र भावनाहरू हुन् । ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवनका लागि यो दिवस मनाउन थालिएको हो ।
युवा उमेरमा विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई प्रयोग गरेर समाज सुधारमा रहने र ज्येष्ठ नागरिक भएपछि सामाजिक रुपमा बहिस्कृत हुन सक्ने भएकाले त्यसो हुन नदिन यस्ता दिवसले भूमिका खेल्ने विश्वास गरिन्छ । ज्येष्ठ नागरिकहरूले जीवनभर संगालेका ज्ञान, सिप र अनुभवलाई नयाँ पुस्तामा पुस्तान्तरढण गर्न सहज होस् भन्ने उद्देश्य पनि राखिन्छ ।
नेपालको संविधानले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गर्ने भनेको छ । उनीहरूलाई न्यूनतम आधारभुत आवश्यकता पुर्तिका लागि सहयोग होस् भनेर मासिक चार हजार भत्ता समेत दिने गरिएको छ ।













समाचार
सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी
पातपतिङ्गरबाट प्राङ्गारिक मल
नारायणघाट–बुटवल सडकमा बाँदरलगायत वन्यजन्तुका लागि क्यानोपी ब्रिज निर्माण
नेपालगञ्जमा विद्युत् आपूर्ति समस्याको समाधानका लागि पूर्वाधार सुदृढीकरणका कार्यक्रम तत्काल अघि बढाइने
देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
जोखिममा परेका बालबालिकालाई सहयोग
विश्वकप फुटबल : पाराग्वेलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
मोरक्को क्वार्टरफाइनलमा प्रवेश, क्यानडा पराजित
यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर