
दाङ । दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा पर्यटकको आकर्षण बढ्न थालेको छ । त्यहाँ राखिएको शान्तिका अग्रदुत गौतमबुद्धको मूर्ति हेर्न र वनजङ्गलसहितको सुन्दर वातावरणमा रमाउन धेरै जना यहाँ पुग्ने गरेका छन् ।
उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले भने, “यो ठाउँ आफैँमा सुन्दर छ, सामुदायिक वन दृश्य हेर्न लायक छ । त्यसैमा गौतमबुद्धको मूर्ति निर्माण गरेर शोभा बढाएपछि पर्यटकको आकर्षण पनि बढेको छ ।” त्यहाँ पानीको फोहोरा, कृतिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका बाघ, बाँदर, उल्लु, खरायोका बच्चा, चित्तललगायत जनवारसँग पनि छन् । त्यसैले पनि पर्यटकलाई रमाउन सहज भएको छ । यहाँ रहेको पोखरीमा डुङ्गाको व्यवस्था छ । तीन वटा डुङ्गामा सयर गर्ने व्यवस्था गरिएको छ ।
पोखरीमा माछा पालन गरिएको छ, जहाँ हाल पाँच हजार माछा रहेका अध्यक्ष भण्डारीले बताए । त्यहाँ रहेको हात्ती, गैँडाको प्रतिमाले पनि उत्तिकै रौनक थपेको उनले बताए । हाल रङ्गौली गार्डेन र पिङ निर्माणको कार्य भइरहेको छ । त्यो निर्माण भएमा अझै आकर्षण बढ्ने अध्यक्ष भण्डारीको विश्वास छ । “हामीले यहाँ घोडा पनि व्यवस्था गरेका छौँ । भित्र विभिन्न प्रजातिका फूलहरू छन् । त्यसले पनि सौन्दर्य थपिरहेको छ । चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुमिएका देखिन्छन् । पिङ, स्वीमिङदेखि बच्चाहरूले खेल्ने हरेक सामग्री राखेका छौँ”, उनले भने ।
भण्डारीका अनुसार यहाँ दैनिक चार सयदेखि पाँच सय जनाले अवलोकन गर्छन् । चाडपर्व र बिदाको समयमा भने दैनिक दुई÷तीन हजार बढीले अवलोकन गर्ने गरेको उनले सुनाए । यसरी सरदर वार्षिक दुई लाखभन्दा बढी पर्यटकहरुले गणेशपुर पार्कको अवलोकन गर्ने गरेका भण्डारीले बताए।
यहाँ बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट समेत अवलोकनका लागि आउने गरेका छन् । विद्यार्थीलाई ५० प्रतिशत छुट र अपाङ्ग, असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । त्योबाहेक अन्यले रु ३० को टिकेट काट्नुपर्छ । त्यो स्थान कुनै समय अतिक्रमणमा परेको थियो । राष्ट्रिय वन क्षेत्र हुँदा मानिसले त्यसलाई अतिक्रमण गरेर घर बनाउन खोजिरहेको थिए, तर स्थानीयले अतिक्रमणलाई रोके र रुख रोपे । रुख हुर्किएपछि जग्गा संरक्षण भयो । पछि त्यो वनलाई श्री गणेश सामुदायिक वन बनाइएको हो ।
विसं २०५९ मा स्थानीय हरि रिजालको नेतृत्वमा यसको काम अगाडि बढेको थियो । पछि इञ्जिनियर वासुदेव रिजालले त्यसलाई रेखाङ्कन गरेपछि त्यहाँ पार्क निर्माणको काम भएको जनाइएको छ । “शान्तिको कामनासहित पर्यटकीयस्थल बनाउने परिकल्पनासहित काम अघि बढेको थियो । त्यतिबेला मुलुक जनयुद्ध उत्कर्षमा थियो, जनयुद्धको स्थल पनि साविक राप्ती थियो”, अध्यक्ष भण्डारीले भने, “त्यसैले साविक राप्तीबाटै शान्तिको कामना गर्ने र पर्यटक पनि वृद्धि गर्ने उद्देश्यले त्यो पार्क निर्माण गरेका हौँ ।”













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट